प्रुडेन्सियल इन्स्योेरेन्सको विशेष साधारणसभा

प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । हालको बिमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने/’गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई विशेष साधारणसभा बोलाइएको हो ।
सभामा अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे सभालाई जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले अग्रवालले दुवै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्ट समेतको आधारमा सेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने जानकारी दिए ।
कम्पनी गाभिएपश्चात् हुने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको बताइएको छ । विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे ।
दुवै कम्पनीहरु गाभिएपश्चात् बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसैगरी व्यवसाय करिब ४ अर्ब हुने छ ।