प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सहकार्य गर्ने समझदारी पत्रमा सम्झौता भएको छ । सेन्ट जेभियर्समा एक कार्यक्रमका बीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको हो ।
कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस.जेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजका उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति थियो । सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीको आवश्यकताबमोजिम पुँजी बजारसम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।