Logo

आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारणसभा

आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारणसभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएक थिए ।

सभामा अध्यक्ष ढकालले हालको बिमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको बताए । उनले दुवै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्रको आधारमा सेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताए ।

मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने र कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको उनको भनाइ छ । कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पुँजी ५ अरब र चुक्ता पुँजी ३ अर्ब २ करोड, ८४ शाखा सञ्जाल र ५१७ कर्मचारी संख्या हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्