Logo

सिटिजन्स बैंक र एलिवेट लाउन्ज एण्ड क्लबबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र एलिवेट लाउन्ज एण्ड क्लव प्रालिबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एलिवेट लाउन्ज एण्ड क्लवमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकको भनाइ छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्