नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०

मनोरञ्जनका लागि उत्कृष्ट बन्ने दाबीसहित सामसङले ट्याव ए नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ट्याब ए पूर्ण रूपमा इन्टरटेनमेन्ट डिभाइस हो भन्दै यसले फोर जीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रीको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने पनि जनाएको छ । आकर्षक स्लिम डिजाइन, राउन्ड एज तथा नन् स्लिप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ ।
यसलाई जस्तोसुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एचडी डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुनेछ । यो आफैंमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच ब्याट्री राखिएको छ, जसले भिडियो प्ले ब्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याब ए नेपाली बजारमा १५ हजार ९ सय रुपैयाँमा उपलब्ध छ । यसका दुई आकर्षक रंगहरू ह्वाइट तथा तथा ब्ल्याक छन् । ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्रान्ड स्टोरहरूमा आज (मंगलबार) देखि उपलब्ध छ ।
सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले कम्पनीले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरूलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरूका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेको बताए ।