Logo

एनएलजी इन्स्योरेन्सको लाभांश पारित

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १७औं वार्षिक साधारणसभा सेयरधनीलाई बोनस सेयर दिने उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभामा सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिमलप्रसाद वाग्लेले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अधिकृत पुँजी १.५० अर्बबाट बृद्धि गरी ३ अर्ब पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनकिो कुल बिमा शुल्क आम्दानी २ अर्ब ३६ करोड, खुद बिमा शुल्क आम्दानी ६७ करोड ०४ लाख, खुद नाफा २३ करोड ८६ लाख आ.व. २०७८/०७९ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७७/०७८ को तुलनामा ११.३६ प्रतिशतले बृद्धि भई २ अर्ब ३६ करोड बिमा शुल्क आर्जन गरेको छ र यसका मुख्य मुख्य पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको बताइएको छ ।

आ.व. २०७८/०७९ मा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी गत आ.व. २०७७/०७८ को तुलनामा २६.१४ प्रतिशतले बृद्धि भई ३८ करोड ४० लाख पुनर्बीमा कमिशन आम्दानी आर्जन गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्