नेप्से घट्ने क्रम कायमै «

नेप्से घट्ने क्रम कायमै

बुधबार ओरालो लागेर बन्द भएको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६२ बिन्दुले घटेर १ हजार २ सय ४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अंकले घटेर २ सय ६८ दशमलव ३२ मा पुगेको छ ।
परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औसतमा समेटिएको छ । कुल १ सय ७२ कम्पनीको १६ लाख ५४ हजार २ सय ५१ कित्ता सेयर ४६ करोड ३६ हजार ५ सय ७१ रुपैयाँमा कारोबार भए । कारोबार भएका ११ मध्ये दुई उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ १.९ र जलविद्युत् १.२७ अंकले बढेको छ । यस्तै होटल २०.४४, विकास बैंक ३.५२, वित्त ०.६१, निर्जीवन बिमा २.९९, उत्पादन १९.२८, अन्य २.१२, लघुवित्त ५.५३, जीवन बिमा २४.४ र सामूहिक लगानी कोष ०.०७ अंकले घटेको छ ।
स्टकका अनुसार कारोबार रकमका आधारमा बिहीबार नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकका ५ करोड २९ लाख ६२ हजार २ सय ७६ रुपैयाँमा खरिद बिक्री भयो । यस्तै शिवम् सिमेन्ट ३ करोड २० लाख २ हजार १ सय ८९ रुपैयाँ, सिभिल बैंक १ करोड ७७ लाख ४२ हजार १ सय ६७ रुपैयाँ, एनआईसी एसिया बैंक १ करोड ७४ लाख १७ हजार ८ सय ७, एनसीसी बैंक १ करोड ४६ लाख १ हजार ८ सय १९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४५ लाख ५३ हजार ४ सय २७ मा रुपैयाँ कारोबार भई शीर्षस्थानमा रह्यो ।
परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.७३ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ३.२५, घलेम्दी हाइड्रो २.३३, आईएमई जनरल इन्स्योरेन्स २.२७, गुराँस लघुवित्त वित्तीय संस्था २.०४ र एनआइबीएल समृद्धि फन्ड १ का लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५.६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.१०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४.३४, जोशी हाइड्रोपावर ३.७९, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ३.६२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३.५१ प्रतिशतले गुमाए ।

 

प्रतिक्रिया दिनुहोस्