डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको छ । यसका विजेताको घोषणा मार्च ३१ मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो ।
ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो । अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको कम्पनीले जनाएको छ ।
“यो अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्तिः आफ्ना कर्मचारीहरुलाई महत्व दिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण हो” कम्पनीले भनेको छ ।