एलआईसी नेपालको ‘पेन्सनबिमा योजना ‘बजारमा «

एलआईसी नेपालको ‘पेन्सनबिमा योजना ‘बजारमा

‘पेन्सन…अबनो टेन्सन’ भन्ने सन्देशका साथ न्यूनतम ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरूलाई लक्षित गरी एलआईसी नेपालले ‘जीवनअक्षय–१’ नामक पेन्सन बिमा योजना बजारमा ल्याएको छ । सोमबार माघ २२ गते एक समारोहबीच सो योजनालाई बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले औपचारिक रूपमा सार्वजनिकीकरण गरे । जीवनअक्षय–१ योजना बीमा चालू हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एकमात्र योजना हो । यस योजनामा बिमितले सुरुबाट नै आजीवन र निजको मृत्युपश्चात् पति÷पत्नीलाई पनि जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखिएको कम्पनीले जनाएको छ । कम्पनीमा केही वर्ष अघिदेखि जीवन तरंगनामको पेन्सन प्रकृतिको बिमा योजना बिक्री हु“दै आएकोमा परिपक्वतापछि बिमांकको ५ प्रतिशत रकम वार्षिक रूपमा पेन्सनको रूपमा आजीवन पाइन्थ्यो । तर, बिमा समितिबाट पारित यस योजनामा वर्तमान दर तथा बिमितको उमेर अनुसार बिमांक रकममा सर्वाधिक ११.७७ प्रतिशतसम्म रकम पेन्सनको रूपमा पाउन सक्ने कम्पनीको भनाइ छ । एलआईसी नेपालको कामु प्रमुखकार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आमनागरिकहरूलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षादिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्