नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आ.व २०७८/०७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न बिमा योजनामा बोनस दर प्रतिहजार बिमांक ६३ देखि ८५ निर्धारण गरेको छ । सावधिक जीवन बिमा योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार ६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रतिहजार ७०, २६ र सो भन्दा माथिका लागि प्रतिहजार ८५ तोकेको छ । त्यस्तै, सावधिक तथा आजिवन बिमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६४, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७०, २६ देखि २९ वर्षसम्मका लागि प्रतिहजार ८५, ३० र सो भन्दा बढी अवधिका लागि प्रतिहजार ८५ छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बिमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार ६३, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ६३, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४, २० र सो भन्दा माथिका लागि प्रतिहजार ६४ को दरले बोनस दर तोकिएको छ । उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा/दावी/पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बिमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकलाई लाभान्वित गर्दै आएको बताइएको छ ।