Logo

नमुना करेसाबारी बनाउन कृषकलाई सहयोग

फाइल तस्बिर ।

करेसाबारीमा तरकारीलगायतका खेती विस्तार गर्न भेरी नगरपालिकाले किसानलाई आवश्यक कृषि सामग्री सहयोग गरेको छ । नमुना करेसाबारी प्रवर्द्धनका लागि कृषि शाखाको छनोटमा परेका नमुना किसानलाई बिउबिजन कृषि सामग्री वितरण गरेको हो ।

कृषि पेसालाई मर्यादित बनाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भेरी नगरपालिका कृषि शाखाले आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार १३ वटै वडाका एक/एक जना किसान छनोट गरी नमुना करेसाबारी प्रवर्द्धन कार्यक्रमबाट आवश्यक सहयोग गरेको छ ।

कृषि पेसाबाट जीवन निर्वाह गर्दै आएका किसानलाई आधुनिक खेती प्रविधिद्वारा जीवनस्तरमा सुधार ल्याउन १३ वटै वडाका नमुना किसानलाई सिल्पोलिन, प्लास्टिक, तरकारीको बिउ, थोपा सिचाइँ सेट, स्प्रे ट्यांकी, सपिङ कलर, जैविक मललगायत बाली संरक्षणका लागि आवश्यक जैविक किटनाशक तथा रोगनाशक विषादी प्राविधिक सल्लाह सुझावसहित वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताए ।

आधुनिक खेती प्रविधिबाट किसानको जीवनस्तरमा सुधार ल्याउन आत्मनिर्भर बनाउन गत वर्षदेखि नमुना करेसाबारी कार्यक्रम सञ्चालन गरिएको हो । किसानले नमुना करेसाबारी निर्माण गरी अन्य किसानलाई प्रभावित, आकर्षित गरी दैनिक ताजा तरकारी सेवनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गरेको सामग्री सही तरिकाले प्रयोग गरी सामग्री पाएका किसानले नमुना करेसाबारी बनाउने अपेक्षा लिएको शाखा प्रमुख अधिकारीले बताए ।

कृषि शाखाको सानो सहयोगले किसानको जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा गरे । नमुना करेसाबारी निर्माणका लागि सामग्री पाएका किसानलाई हौसला पेसाप्रति इच्छाशक्तिको विकासमा सहयोग पुगोस्, किसानको आर्थिक सुधार होस् भन्ने उद्देश्यले सामग्री वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख अधिकारीको भनाइ छ ।

व्यावसायिक कृषक उत्पादन गरी आयआर्जनमा सुधार ल्याउन कृषि पेसा गरी जीविकोपार्जन गरेका किसानलाई बिउबिजन, आधुनिक औजार कृषि सामग्री, प्राविधिक सल्लाह सुझाव दिँदै आएको कृषि शाखा प्रमुख धिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्