Logo

सिप्रदीको २६औं शाखा बागलुङमा

सम्पूर्ण टाटा कमर्सियल गाडीलाई सर्वसुलभ तथा उच्चकोटीको सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ। एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको कम्पनीले बताएको छ ।

ग्राहकको चाहना र आवश्यक्ता लाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्युइन पार्टस तथा ल्युब्रिकेन्टको मूल्यमा पनि छुट सुविधा प्रदान गरेको कम्पनीको भनाइ छ । यसैगरी टाटा प्रोटेक्ट अन्तर्गतको सेवा तथा सुविधाको माध्यमबाट ग्राहकहरूलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएकोे बताइएको छ । सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकलाई आवश्यक टाटा जेन्युइन पार्टस् तथा लुब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् त्यसको साथै टाटा जेन्युइन पार्टस्मा २२ प्रतिशतसम्म र जेन्युइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

टाटा प्रोटेक्ट अन्र्तगत ४ घण्टाभित्र सर्भिसिङका कामहरूको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टाभित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदी नभएमा प्रति दिन एक हजार एक सयका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ । त्यसैगरी, एक्सिडेन्टल कार्यहरूको लागि नगदरहित बिमा दाबी सुविधाको साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ ।
ग्राहकहरूको गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको एएमसी सुविधाहरू पनि प्रदान गर्नेछ । अफरोड भएका गाडीहरूको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टाभित्र समाधान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्