Logo

महालक्ष्मी विकास बैंकको आवास र व्यवसायिक कर्जा

महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद वा निर्माण तथा उद्याम गर्न चाहनेहरुका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ ।

महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । व्यावसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुटलगायतका सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बिच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको बताइएको छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्