Logo

सिटिजन लाइफको सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्रले विराटनगर महानगरपालिका–९ मा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले केन्द्रका लागि एक लाख रुपैयाँ आर्थिक् सहयोग गरेको जनाएको छ ।

नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा ज्येष्ठ नागरिकहरुको हक, अधिकार र स्ांरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ब्रह्मज्ञानी विश्रामालय सञ्चालनमा रहेको छ । सो केन्द्रका ज्येष्ठ नागरिकका लागि विभिन्न सृजनात्मक क्रियाकलाप गरिन्छ । सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरु प्रती हुने दुव्र्यव्यवहार तथा हिंसा न्युनिकरण गर्ने सरोकारवालासँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनको प्रभावकारी कार्यान्वयनका लागि विविध कार्यहरु गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाईलगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्