सूर्यज्योति लाइफको एमडीआरटी मिट, घिमिरेले पाए रोयल इन्फिल्ड बाइक

सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ सम्पन्न गरेको छ । कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनीत सबै एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरव कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित सबै व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिर समावेश गरिएको छ । कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले बताए । टीओटी कमलप्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी दिए ।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए । सूर्य लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात् बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।