सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पुँजीको ८.५३ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.४४ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले आ.व. २०७८/०७९ को वित्तीय विवरण पारित गरेको बैंकले जनाएको छ । साथै, सोही साधारण सभामार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।