बर्दघाटमा एनसीसी बैंकको शाखा

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४, बर्दघाटमा आफ्नो शाखाको माघ २३ गते मंगलबारका दिन औपचारिक शुभारम्भ गरेको छ । सो शाखाको समुद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरे । सो अवसरमा सञ्चालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार सहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रहरूमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराएका थिए । सोही कार्यक्रममा बर्दघाट नगरपालिका–४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
एनसीसी बैंक सञ्चालक समितिका सदस्य माधवप्रसाद भट्टले यस शाखामार्फत विविध बैंकिङ सेवा प्रदान गर्दै सबै आर्थिक क्रियाकलापलाई बैंकिङ सञ्जालमार्फत जोडिने विचार व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले मर्जरपश्चात् दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।