Logo

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो ।

कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरको लागि मागभन्दा बढी आवदेन परेको थियो ।

उक्त बाँडफाँटमा रितपूर्वक प्राप्त भएका आवेदकहरूमध्ये तीन लाख ५८ हजार १७६ जना आवेदकहरूलाई १० कित्ताको दरले ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बाँडफाँट गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्