मनि मित्रझ एप र सफ्टवेयर सार्वजनिक

सन् २०२०देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल’ ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ञमनि मित्रझ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेबसाइटमा र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
२९९ रुपैयाँ सुरुवाती मूल्य रहेको मनि मित्रझमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध छन् । मनि मित्रको निःशुल्क संस्करणमा भने प्रयोगकर्ताले सीमित सेवाहरु उपलब्ध प्रयोग गर्न सक्नेछन् ।
प्रयोगकर्ताले मनि मित्रको एकै सदस्यता (सब्सक्रिप्सन) भित्र कम्पनीहरुका सम्पूर्ण विवरण, जानकारी र डाटा रहेको ‘गुरु मन्त्र’, ब्रोकरहरुको विवरण विश्लेषण र ब्रोकेरबीच तुलना गर्न मिल्ने ‘ब्रोकर चिरफार’, व्यक्तिगत वित्तीय व्यवस्थापनको लागि ‘वृद्धि’ र ज्ञान वृद्धिका लागि ‘आइडियाप्रेन्युर ज्ञान’ प्राप्त गर्नेछन् । मनि मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेछन् ।
प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोगका लागि उपलब्ध छ । यससँगै गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्यूचुअल फण्डहरुको विवरण साथै विभिन्न म्यूचुअल फण्ड तथा कम्पनीहरुको वित्तीय अवस्थाबीच तुलना गर्न मिल्ने टुल उपलब्ध छ ।
यस्तै, गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेका छन् । नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ ।