Logo

पाककला सम्बन्धी पुस्तक ‘आम्मी’ सार्वजनिक

प्रसन्ना पण्डरीनाथ प्रेसीद्वारा लिखित पाककला सम्बन्धी कृति ‘आम्मी’ सार्वजनिक भएको छ । कृतिको नाम आम्मी कल्सुको नाममा राखिएको छ । यसले दक्षिण भारतको पारम्परिक जाँतो भन्ने बुझाउँछ । पण्डरीनाथले ‘आम्मी’ मा उनकी आमा निर्मला पण्डरीनाथको रेसिपी उल्लेख गरेकी छिन् ।

सो कृतिमा उनको जीवनको अनुभवबारे रोचक किस्सा समेटिएको छ । तस्विरसहितको कृतिमा उनको परिवारको आजीवन पाकयात्राको सारंशलाई प्रतिनिधित्व गर्ने बताइएको छ । प्रसन्न पण्डरीनाथको यो पहिलो कृति हो । यसअघि उनी लोकप्रिय मोडल थिइन् ।

मोडल हुँदै उनले फोटोग्राफर बन्नेसम्मको यात्रा तय गरेकी थिइन् । कैयौं देशको भ्रमण गरेकी उनको कामले मिश्रित संस्कृतिको प्रभावलाई दर्साएको छ । प्रसन्नाकी आमाको सन् २०१० मा निधन भएको थियो । त्यसपछि उनले आफ्नी आमाको स्मृतिलाई अरुसँग बाँड्न ‘आम्मी’ सार्वजनिक गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्