आईएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकआस्योरेन्स सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंकआस्योरेन्स सम्झौता भएको छ । सो बैंकआस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंकआस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरूले जनता बैंक नेपालको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबिमा गराउनका साथै जीवन बिमासम्बन्धी जनकारी प्राप्त गर्न सक्ने जनाइएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ४२ स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजना बजारमा ल्याएको पनि जनाएको छ ।