प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित «

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको २१औं वार्षिक साधारणसभाबाट ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साबिक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्