Logo

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ४०० जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारम्भ संयुत्त रुपमा पानसमा दिप प्रज्वलन गरी नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा सहभागी भएका बिमा अभिकर्तालाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरुको क्षमता विकासका लागि अन्तर्राष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक बोलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए ।

सावधिक योजना र पेन्सन योजना भएको यो बिमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापति पोखरेल बताए । यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बिमा योजना रहेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्