सिजीले ल्यायो नयाँ वर्ष उपहार योजना

नेपालको इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘नयाँ वर्ष २०८० सिजीको उमंग नयाँपनको’ उपहार योजना ल्याएको छ । सिजीको यो नयाँ वर्ष सिजी मेरिडियाको उत्कृष्ट उत्पादनहरूमा नयाँपनको उमंगसहित ग्राहकका लागि उपलब्ध छ । यस योजनासँगै ग्राहकले सिजीका अत्याधुनिक सामग्रीका साथ २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार पाउने कम्पनीको भनाइ छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्नै ब्राण्ड सिजीको विश्वास पाइ ढुक्क भई यस नयाँ वर्ष मनाउन सक्नेछन् । यस उपहार योजना अन्तर्गत सिजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कण्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरूमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनमा पक्का उपहार प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरमा क्यासब्याक लगायत पाँच हजार रुपैयाँ र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत चार हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ भने ६५” र ७५” एन्ड्रोइड टिभिमा ७ हजार ५९० रुपैयाँ बराबरको सिजी २.१ स्पिकर उपहार रहेको छ । सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९२० रुपैयाँ बराबरको २ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २ हजार पाँच सय बराबरको ६ के.जीको एरियल म्याटिक उपहार रहेको छ ।
साथै, डबल डोर रेफ्रिजरेटरमा एक हजार २६० रुपैयाँ बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा दुई हजार ८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सिजी मेरिडिया भ्याकुम उपहार रहेको छ । यो योजना चैत १३ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीको भनाइ छ ।