पोखरामा सीजी र मेजु मोबाइलको रिटेल भेटघाट «

पोखरामा सीजी र मेजु मोबाइलको रिटेल भेटघाट

सीजी मोबाइल प्रालिअन्तर्गतको मेजु र सीजी मोबाइलको रिटेल भेटघाट कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायी सहभागी भएको सीजी मोबाइलका मार्केटिङ अफिसर किशोर न्यौपानेले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रालिका बिजनेस हेड रमेश श्रेष्ठले सीजी र मेजु मोबाइल नेपाली बजारमा लोकप्रिय रहेको बताए । चौधरी ग्रुपको आफ्नै उत्पादन सिजी मोबाइल र चीनमा उत्पादित मेजु मोबाइल पोखरालगायत देशभरको बजारमा राम्रो बिक्री भइरहेको उनले बताए । मेजु मोबाइललाई चौधरी ग्रपले १ महिना अगाडि मात्रै नेपाल भित्रयाएको हो । मेजुका १३ हजार रुपैयाँदेखि ४७ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका मोबाइल नेपाली बजारमा बिक्री भइरहेको उनले बताए । “युरोपलगायत संसारभर लोकप्रिय मेजु मोबाइल नेपालमा छोटो समयमा स्थापित भइसकेको छ,” उनले भने । सीजी र मेजु मोबाइलको गण्डकी तथा धौलागिरि क्षेत्रको आधिकारिक बिक्रेता एसआरडी ट्रेडर्स हो ।
यस क्षेत्रमा सिजी र मेजु मोबाइलको बिक्री दिन प्रतिदिन बढिरहेको ट्रेडर्सका सञ्चालक रमेश गौतमले बताए । यसैबीच, सीजी मोबाइल प्रालिले सोही अवसरमा मेजुको एम फाइभ सी मोबाइल सार्वजनिक गरेको छ । ३ हजार एमएएच ब्याट्री, ८ र ५ मेगापिक्सल क्यामरा, २ जीबी र्याम , १६ जीबी रोम, ५.५ इन्चको डिस्प्ले भएको यो मोबाइल धेरैको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।
मेजुकै एम फाइभ नोटको पनि बिक्री शुभारम्भ गरिएको छ । ५.५ इन्च डिस्प्लेमा उपलब्ध यो मोबाइलले सीडीएमए र जीएसएमलाई सपोर्ट गर्ने सेल्स अफिसर रविन मानन्धरले जानकारी दिए । ४ हजार एमएएच ब्याट्री, ३ जीसी र्याम , ३२ जीबी रोम मोबाइलको विशेषता रहेको उनले बताए । मेजुका मोबाइलको अर्को विशेषता १ वर्षको इन्स्योरेन्स सेवा हो ।

प्रतिक्रिया दिनुहोस्