सामाजिक सुरक्षा योजनामा सबै मेनपावर

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गरे लगत्तै उनीहरुको प्रक्रिया काम गरिरहेका निजी संस्थाका कर्मचारीलाई समेत योजनामा सामेल हुन सरकारले निर्देशन दिएको छ । वैदेशिक रोजगारीको भर्ना तथा अन्य प्रक्रियामा काम गरिरहेका १ हजार २७६ निजी संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीलाई समेत सामाजिक सुरक्षा योजनामा सामेत गर्न निर्देशन दिइएको हो ।
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै विदेश जाने श्रमिकको छनोट, भर्ना, स्वास्थ्य परीक्षण, बिमा, तालिम तथा अभिमुखिकरणको सेवा दिइरहेका निजी संस्थालाई आफ्ना श्रमिक तथा कर्मचारीलाई योजनामा समेत गराउन निर्देशन दिएको छ । हाल वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा, बैंक खाता, अभिमुखिकरण, लामो तालिम दिने संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्थालाई आफ्ना कर्मचारी तथा श्रमिकलाई अनिवार्य योजनामा सामेत हुन निर्देशन दिएको छ ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगारीको प्रक्रियामा काम गरिरहेका सबै संस्था वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत काम गर्ने संस्था भएकाले उनीलाई योजनामा ल्याउन लागेको बताए ।
“यो श्रम मन्त्रालय अन्र्तगतको योजना भएकाले पहिला यस महाततका संस्था भएकाले यहाँबाट शुरु गरिएको हो” उनले भने, “वैदेशिक रोजगारीको प्रक्रियामा काम गर्ने संस्थालाई योजनामा सामेल गराउँदा यस क्षेत्रमा हुने अनियमित कामसमेत कम हुने अपेक्षा छ ।” हाल विभाग तथा बोर्डमा दर्ता भई काम गर्ने संस्थामा मेनपावरको संख्या ८७८, अभिमुखिकरण संस्था १४३, बिमा कम्पनी १५, बैक १८ तथा स्वास्थ्य संस्था २२२ रहेको छ ।

योजना सामेल भए ठगीका घटना कम हुने
कतिपय मेनपावरले कार्यालयमा काम गर्न राखिएका कर्मचारी र विभागमा दर्ता गराईएका कर्मचारी नाम फरक फरक राख्ने गरेका कारण बेला बेलामा कानुनी झन्झट आउने गरेको थियो । विभागमा नाम दर्ता गराएका मेनपावरका कर्मचारीमार्पmत कारोबार नगरी अन्य व्यक्ति तथा कर्मचारीलाई कारोबार गराउने गरेका कारण ठगी बढेको छ ।
चालु आर्थिक वर्षमा व्यक्तिगत ठगीका घटना दोब्बर वृद्धि भएको विभागको मुद्दा तथा अनुसन्धान शाखाले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार यसअघि मेनपावर कम्पनीमा अनुगमन गर्दा विभागमा नाम दर्ता गराएका कर्मचारीको नाम भन्दा फरक नाम भएका व्यक्तिले मेनपावरको कार्यालयमा काम गरिरहेको भेटिएको छ ।
सामाजिक सुरक्षा योजनामा सामेल भएपछि निजी संस्थामा काम गर्ने वास्तविक कर्मचारी पहिचान हुने र काम प्रक्रियागत रुपमा सञ्चालन हुने विभागको अनुमान छ । विभागले सार्वजानिक गरेको सूचनामा सामाजिक सुरक्षा कोषमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु आवद्ध भइरहेको सन्दर्भमा वैदेशिक रोजगार चक्रमा संलग्न हुने संस्थाका कर्मचारीलाई समेत सामेत गराउन भनिएको छ ।
“इजाजतपत्रवाला संस्थाहरु, स्वास्थ्य परीक्षण संस्थाहरु, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु, बिमा कम्पनीहरु, सामाजिक सुरक्षा कोष एवं वैदेशिक रोजगार कोषको रकम परिचालन गरिएका बैंकहरुमा कार्यरत कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्धताको प्रकृया शुरु भइसकेको छ ।” विभागद्वारा जारी सूचनामा भनिएको “विभागमा दर्ता भई सक्रिय रहेका संस्थाहरुलाई सामाजिक सुरक्षा योजनामा सामेल हुन अनुरोध गरिन्छ ।”