आपूर्ति श्रृंखला व्यवस्थापन

कोभिड महामारी, युक्रेन युद्ध, बेलाबखतमा हुने हड्ताल, आगजनी र विस्फोटका कारण उत्पन्न हुने अपरिहार्य तरंग र त्यसका प्रभावहरूजस्ता बाह्य अवरोधहरूले आपूर्ति श्रृंखला सञ्जाल सम्बन्धहरू कसरी व्यवस्थित गर्ने भन्ने अहिलेको विश्वको मुख्य चुनौती हो । यसले एउटा अनिश्चितता सिर्जना गरेको छ, जसले गर्दा आपूर्तिकर्ता र खरिदकर्ताहरूले समयमै निर्णय लिन अप्ठेरो परेको छ ।
आपूर्ति सञ्जालको अध्ययन र विश्लेषणले के देखाएको छ भने कच्चा पदार्थ, उत्पादन र डेलिभरीका लागि कुल समय नौ दिनबाट बढेर ६० दिन वा सोभन्दा बढी समय लागेको देखाएको छ भने यसले कम्पनीका लागि मात्र अनिश्चितता बढाएको होइन कि खरिदकर्ताहरूको पनि समय बढाएको छ । त्यस्तै कच्चा पदार्थको अभाव वा बढेको मूल्यका कारणले आपूर्ति श्रृंखलामा सुरुवातमा तीन दिनमा हुने काम पछिल्लो समयमा ४१ दिनसम्म लागेको देखाएको छ ।
यो भिन्नता फर्म जति सानो आकारको भयो त्यति नै दिन बढी लाग्ने देखिएको छ । यसले के देखाउँछ भने साना तथा मझौला उद्योगहरू प्रतिस्पर्धी हुन नसकेर घाटामा जाने र बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने केही ठूला उद्योगको एकाधिकार हुने अवस्था सिर्जना भएको छ । कोभिड महामारी, युक्रेन युद्धको प्रभाव हुनुअघि साना–साना तथा मझौला उद्यमहरू छिटो निर्णय दिन सक्ने अवस्थामा थिए भने बहुराष्ट्रिय कम्पनीहरू ढिलो निर्णय दिन सक्ने अवस्थामा थिए ।
तर, पछिल्लो समयमा व्यवस्थापकीय वा मानव मनोवृत्तिमा नकारात्मक मानव मनोवृत्तिहरू देखिएको छ, जसले स्वार्थी, शोषक, क्रूर, अज्ञानी, असहयोगी भावनाहरू देखिएको छ । यसले सहयोगी, सहिष्णु एवं प्रेरणादायक हुनबाट रोकेको छ । यस किसिमका मनोवृत्तिहरूसँग सामना गर्नका लागि लगानीकर्ता र त्यहाँ काम गर्ने कर्मचारीहरूका लागि प्रभुत्व, प्रभाव, स्थिरता र अनुपालन (जसलाई इमानदारिता पनि भनिन्छ) बारे प्रशिक्षण दिनु जरुरी छ ।
कोभिड महामारी, जलवायु परिवर्तनका प्रभावहरू, युक्रेनी युद्धसँगै यसले पारेका प्रभावहरू आगो, विस्फोट र हड्तालले कम्पनीहरूका लागि सही समयमा सही सामग्रीहरू प्राप्त गर्ने अनिश्चितता बढायो । बढेको नेतृत्व समय र केही सामग्रीहरूको अनुपलब्धताले धेरै आपूर्ति श्रृंखला सञ्जालहरूमा नकारात्मक प्रभाव परेको छ ।
प्रबन्धकहरूले काममा लचिलोपना अपनाउनका लागि अनिश्चितताहरूको सामना गर्ने नयाँ तरिकाहरू विकास गर्नु जरुरी छ । क्रेता र आपूर्तिकर्ताहरूसँगको सम्पर्कमा मनोवृत्तिहरूमा भिन्नताहरू किन देखा पर्यो ? सामग्री आपूर्तिमा जवाफ दिन किन धेरै लामो समय लिए ? कम्पनी वा फर्मको आकार, समन्वय क्षमता वा जटिलतालाई कसरी सम्बोधन गर्ने ? कम्पनी सञ्चालन गर्ने तरिका र कर्मचारीहरूलाई तालिम दिनुपर्ने तरिकामा कस्तो निर्णय लिनुपर्छ ? यी प्रश्नहरूको जवाफ खोज्नु जरुरी छ । माथि उल्लेख गरिएको अवस्थालाई सामना गर्न उपयुक्त व्यवस्थापन दृष्टिकोण अपनाउनु जरुरी छ ।
मानिसहरूले देखाउने प्रवृत्तिमा धेरै कारक तत्वहरू हुन्छन् । तीमध्ये एउटा कारक तत्व भनेको बाह्य प्रभावले गर्दा मानिसमा एउटा आत्म–अवधारणा विकास हुन्छ, यसले प्रभुत्व, प्रलोभन, स्थिरता वा अनुपालन/सतर्कता अपनाउनुपर्नेमा त्यो धैर्यता गुमाउँछ वा घट्छ । त्यसको प्रभाव व्यवहारमा प्रकट हुन्छ ।
बाह्य प्रभावले हरेक मानिसमा आन्तरिक प्रभाव पार्छ र त्यो व्यवहारमा झल्किन्छ । त्यसले फरक–फरक व्यवहार पुष्टि गर्छ । बाह्य प्रभावले केही मानिसमा छिटो प्रभाव पार्छ भने केही मानिसमा ढिलो प्रभाव पार्छ । केही मानिस छिटो प्रतिक्रिया जनाउँछन् भने केही मानिस ढिलो प्रतिक्रिया जनाउँछन् । छिटो प्रतिक्रिया जनाउने स्वभाव भएका मानिसहरूले खरो बोल्छन् र तिनीहरू सामान्यतया निर्णय गर्नुअघि राम्ररी विचार गर्दैनन् । त्यसमा केही जोखिमहरू हुन्छन् र त्यही जोखिम उनीहरूका लागि अवसर बन्छ । व्यवसायमा कमाइ हुन्छ र जीवन्त हुन्छन् । यसले छिटो निर्णय लिन सक्दैन, जोखिम वहन गर्न सक्दैन, ऊ जीवन्त रहन सक्दैन ।
अरू पेसाहरूमा जस्तै व्यवसायमा पनि जसको व्यक्तित्व बढी खुला हुन्छ; आर्थिक, सामाजिक, राजनीतिक सम्बन्धमा जोड दिन्छ, अरूलाई प्रभाव पार्ने वा मनाउने प्रवृत्ति हुन्छ, तिनीहरू कुरा गर्न र रमाइलो गर्ने कुरामा ध्यान केन्द्रित गर्छन् र प्रेरणादायी एवं प्रभाव पार्ने कुरामा अगाडि मानिन्छन् । समाजमा त्यस्ता व्यक्तित्वहरू भरपर्दो हुन् र सहयोग र इमानदार हुन् भन्ने देखिन्छ । जो अलि बढी जन–उन्मुख छन्, स्थिर छन्, शान्त र सद्भावमा केन्द्रित छन् तिनीहरूले छिटो निर्णय लिन सक्दैनन् र व्यवसायमा पनि सफल मानिँदैनन् ।
व्यक्तित्वले कामको गुणस्तर, शुद्धता, विशेषज्ञता र योग्यतामा जोड दिन्छ । कार्य–उन्मुख मानिसहरू सामान्यतया तथ्य र नियमहरूमा ध्यान केन्द्रित गर्दै अधिक सतर्क र इमानदार हुन्छन्, जसले तिनीहरूका प्राथमिकताहरू प्रतिविम्बित हुन्छन् ।
कोभिड महामारी, युक्रेन युद्ध, बेलाबखतमा हुने हड्ताल, आगजनी र विस्फोटका कारण उत्पन्न हुने अपरिहार्य तरंग र त्यसका प्रभावहरूले सामग्रीको मात्रामा कमी, मूल्यमा वृद्धि र डेलिभरी गर्ने समयहरूमा अप्ठेरो स्थिति निम्त्यायो । उक्त परिस्थितिले छोटो–छोटो समयमा नेतृत्व परिवर्तन भयो ।
नेतृत्व परिवर्तन हुँदै गर्दा नेतृत्वकर्तामा भएका कमी–कमजोरीहरू तलतिर हस्तान्तरण गरियो । जब कमी–कमजोरीहरू अरूमा हस्तान्तरण हुन्छ, त्यसको नकारात्मक प्रतिक्रिया एवं प्रभाव झन् ठूलो हुँदै जान्छ । साना कम्पनीहरूमा यो प्रक्रिया बढी भयो, जसले बढी नकारात्मक मनोवृत्ति देखाए । बहुराष्ट्रिय कम्पनीहरूको जटिल निर्णय प्रक्रियाका कारण, निर्णय गर्न लामो समय लगाएका कारण, काम गर्ने ठूलो जमात भएका कारण र तिनीहरूको विविध मनोवृत्तिका कारणले धेरै सहयोगी मनोवृत्तिहरू समावेश भए, जसले गर्दा ठूला एवं बहुराष्ट्रिय कम्पनीका उद्यमी, मालिक, प्रबन्धक एवं कर्मचारीहरूले फरक तरिकाले प्रतिक्रिया दिए ।
विभिन्न प्रकारका मनोवृत्तिहरूको सामना गर्दै, पूर्ण अस्वीकारदेखि पूर्ण लचिलोपनसम्मको व्यवहार देखाए । कर्मचारीहरूलाई बाहिरी सञ्चारमा उनीहरूले गर्ने व्यवहार र मनोवृत्तिको प्रकृतिबारे सचेत हुन तालिम दिए, प्रशिक्षण गरे । राम्रोसँग प्रशिक्षित कर्मचारीहरू बढी प्रभावकारी भए र आपूर्ति नेटवर्कभित्रका साझेदारहरूसँग कम द्वन्द्व निम्त्याउन सक्ने भए ।
यसले गर्दा ठूला एवं बहुराष्ट्रिय कम्पनीहरूको व्यवसाय चलिरह्यो भने साना तथा मझौला कम्पनीहरूको व्यवसाय धराशायी भयो अथवा बन्द भयो । त्यसैले कोभिड महामारी, युक्रेन युद्धको प्रभावले आपूर्ति श्रृंखलामा पारेको अप्ठेरोको व्यवस्थापन गर्न मानव व्यवहार र सकारात्मक मनोवृत्तिसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गर्नु एउटा महत्वपूर्ण कार्य हो ।
(लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरका रूपमा आबद्ध छन् ।)