सर्वसाधारणका लागि खेलकुद परिसरको पौडी पोखरी खुला

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।
आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगतका लागि प्रति सिफ्ट दुई सय रुपैयाँ, मासिक चार हजार रुपैयाँ, त्रैमासिक १० हजार रुपैयाँ, प्रशिक्षणसहित प्रतिमहिना पाँच हजार रुपैयाँ र प्रशिक्षणसहित त्रैमासिक १३ हजार रुपैयाँ शुल्क तोकिएको छ । गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने एक करोड रुपैयाँ आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।