राष्ट्र बैंक सिद्धार्थनगरको सचेतना कार्यक्रम

वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको बारेमा जानकारी दिँदै विभिन्न कार्यक्रम गरी ग्लोबल मनी मनाएको छ । वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वव्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामूलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसँग विभिन्न अन्तरक्रिया, बैंक तथा वित्तीय संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधित्वका साथै टेलिभिजन तथा पत्रपत्रिकामा अन्र्तवार्ता आदि कार्यक्रम गरि मनाइएको छ ।
चैत ९ गते नवलपरासीकोसुनवलमा अवस्थित महाकवि देवकोटा क्याम्पसवाट स्नातक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थीलाई वित्तीय साक्षरता तथा बैंक अवलोकन कार्यक्रममा सहभागी गराइएको छ । चैत १० गते कपिलवस्तुको सिमावर्ती ग्रामीण क्षेत्रमा पर्ने यसोधरा गाउँपालिकाको बैदौलीमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सो कार्यक्रम मनाउने क्रममा सनराइज बैंक भैरहवाले काशी नोवेल एकेडेमीका विद्यार्थीलाई प्रदान गरेको वित्तीय साक्षरता तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.ले फर्साटिकर रुपन्देहीमा आयोजना गरेको युवा, उद्यमी व्यावसायी लक्षित कार्यक्रममा बैंकका सहायक निर्देशक देवराज ज्ञवालीको सहभागिता रहेको थियो ।