Logo

सिद्धार्थ बैंकको सहयोगमा निर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकको सहयोगमा मर्मत तथा निर्माण सम्पन्न भएको वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका छन् । भवन प्रवलिकरण तथा मर्मतका लागि बैंकले ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा वीरगञ्ज क्षेत्रका उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख प्रविन ढुंगेललगायत अन्य प्रतिनिधि तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधिहरु समेत उपस्थित थिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.साहले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर गरेको सहयोगप्रति कृतज्ञता प्रकट गरे । बैंकको सहयोगबाट अस्पतालको सेवा प्रभावकारी बनाउन थप सहयोग पुग्ने भन्दै उनले बिरामीले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्