कृषि विकास बैंकको १३ प्रतिशत लाभांश प्रस्ताव «

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश प्रस्ताव

कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ । बैंकको १६औं वार्षिकसाधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सेयरधनीका विभिन्न जिज्ञासााक उत्तर दिएका थिए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सेयरधनीहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । सेयरधनीहरुको बाक्लो उपस्थिति रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु सुमन दाहाल, डा.राजेन्द्र मिश्र, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, श्रीमति रीता सुवेदीको उपस्थिति थियो ।

सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधरण सेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक सदस्यहरु गोविन्दप्रसाद भट्टराई, सञ्जिव पौडेल, र विनोदकुमार निर्विरोध निर्वाचित गरेको छ । बैंकका करिव ३ लाख ६० हजार सेयरधनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्