ग्लोबल आइएमई बैंकले मनाय ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोे एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको हो ।
सो क्रममा बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रब्यदृष्य सामग्रीहरु पनि प्रसारण गरेको छ । यसका साथै, युवा/विद्यार्थीलाई बैंकका शाखा कार्यालयको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाँउमा आयोजना गरिएको छ ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु संचालन गरी बैंकिङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ ।