सीजीफिन्कोका २० वर्ष «

सीजीफिन्कोका २० वर्ष

चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापूर्वक पूरा गरेको अवसरमा ग्राहकप्रति सम्मान व्यक्त गरेको छ ।

२०औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार आफूमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरे । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोसे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँ लगानी र महत्वपूर्ण निर्णय गर्दा यस कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने गरेको बताए । विदेशमा काम गर्ने नेपालीका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपूर्ण योगदान गरिरहेको उनले बताए ।

आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको उनले बताए । “आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ” अध्यक्ष चौधरीले भने । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्रप्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्