नागरिक लगानी कोष र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता «

नागरिक लगानी कोष र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् । उक्त इन्सोरेन्सको एक सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्