सानिमा बैंकद्वारा देशैभर वित्तीय साक्षरता कार्यक्रम «

सानिमा बैंकद्वारा देशैभर वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।सो अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो ।

तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यबारे जानकारी प्रदान गराइएको थियो । वित्तीय साक्षरताअन्तर्गत देशभरिका शाखाहरुमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिएको हो । साथै, ग्लोबल मनी विक २०२३ को ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखामार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्