Logo

नेपाल-भारत सम्बन्धबारे कफी टेबल पुस्तक

नेपाल–भारत उद्योग वाणिज्य संघले रिलिजियस एण्ड स्पिरिच्युअल सर्किट नेपाल एण्ड इण्डिया नामक कफी टेबल पुस्तक प्रकाशन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, संघका अध्यक्ष सृजना राणा, नेपालका लागी भारतीय राजदूत नबिन श्रीवास्तव र परारष्ट्र सचिव भरतराज पौड्यालले सोमबार पुस्तकको लोकार्पण गरेका हुन् । संघका अध्यक्ष राणाले पुस्तकमा प्रकाशित सामग्रीले नेपाल र भारतीय धार्मिक पर्यटक र नेपालको धार्मिक पर्यटनमा सहयोग पुग्ने धारणा राखिन् ।

मन्त्री किरातीले नेपाल–भारत बीचको सम्बन्ध असाध्यै पुरानो, ऋषिमुनीहरुको पालादेखिको सम्बन्ध भएको बताए । उनले यो सम्बन्ध व्यापार, सामाजिक सांस्कृतिक मात्रै नभई पारिवारिक पनि भएको बताए । यो पुस्तकले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विचार व्यक्त गरे । भारतीय राजदूत श्रीवास्तवले पुस्तकले नेपाल र भारतबीचको सदियौंदेखिको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्