Logo

विद्यालयलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकले विगत १६ वर्षदेखि पोखरा–८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आएको पोखरा शाखालाई नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङ मार्फत ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्य नवनिर्मित भवनले सहज बनाउने विश्वास लिएको बंैकले जनाएको छ ।

सो अवसरमा बैंकलेसामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहीन विद्यार्थीका लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र विद्यालयको तर्फबाट प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्