अमेरिकी बैंकिङ संकट र चीन «

अमेरिकी बैंकिङ संकट र चीन

दुई संकटहरू उस्तै–उस्तै वा मिल्दाजुल्दा देखिन्छन् । पछिल्ला वित्तीय अस्थिरताहरू १९९० को दशकको अन्त्यको एसियाली वित्तीय संकट, सन् २००० को डटकम संकट र २००८/०९ को विश्वव्यापी वित्तीय संकट कटु यथार्थ हुन् । यसले भू–रणनीतिक धक्का ल्याउन सक्छ । जस्तै— युद्ध, महामारी, खाद्य संकट ।

आज हामी सम्भावित दुई खतरनाक तनाव संकटको स्रोत सम्बन्धमा बसेका कुराको साक्षी भएका छौं । यो सिलिकन भ्याली बैंक र भू–रणनीतिमा झल्किएको छ । यसले अमेरिका र चीनलाई झनै शीतयुद्धमा लैजान सक्ने देखिएको छ । यसको परिणाम अंशहरूको योगभन्दा पनि ठूलो हुने देखिन्छ ।

एसभीबीको असफलता वा टाट पल्टेको अवस्था धेरै ठूलो समस्याको संकेत हो । अमेरिकी वित्तीय प्रणाली मुद्रास्फीतिको फिर्ती र मौद्रिक नीतिको सामान्यीकरणको आबद्धताप्रति तयारी नहुनु दुःखदायी कुरा हो । एसभीबी जोखिम व्यवस्थापकहरू यस किसिमको परिणाम आउला भन्ने अवस्थामा थिएनन् र उनीहरूले यो स्वीकार पनि गरेका थिएनन् । बैंक हेज नभएको १ सय २४ अर्ब अमेरिकी डलरको बोन्ड पोर्टफोलियोको विशाल घाटाबाट टाट पल्टेको थियो । त्रसित निक्षेपकर्ताहरूको ‘बैंक रन’बाट नै बैंक टाट पल्टन बाध्य भएको थियो ।

निक्षेपकर्ताहरू अमेरिकाको स्टार्ट–अप संस्कृति (नयाँ व्यवसाय) का लागि राम्रा मानिँदै आएका छन् । उनीहरूलाई जटिल वित्तीय संस्थाहरूप्रति सतर्क नभएको भनी आरोपित गर्न मुस्किल नै पर्छ ।

यो काम फेडरल रिजर्भको जिम्मेवारीमा आइपर्यो । दुःखको कुरा यसले हल्लाइदियो । गैरजिम्मेवार मौद्रिक अवस्थाबाट सुरु भएकाले खतरनाक सम्पत्तिरूपी फोका देखा पर्यो । यो डटकम र हाउजिङदेखि लिएर दीर्घकालीन सम्पत्तिमा पनि देखा पर्यो । यसलाई कोभिडपछिको मुद्रास्फीतिलाई बेवास्ता गरिएको समयसम्म संक्रमणालीन रूपमा पनि निरन्तरता पायो । हाल आएर फेडले विशाल सम्पत्तिहरूको सुपरिवेक्षणको त्रुटिका रूपमा लिएको छ । फेडले ठूला बैंकहरूलाई मिलाएको छ र एसभीबी, सिग्नेचर र फस्ट रिपब्लिकजस्ता साना क्षेत्रीय बैंकहरू जुन दुर्घटना हुनका लागि कुरिरहेका छन्, तिनीहरूलाई नियालेको छ ।

यो विशेष गरी २००८ पछिको नयाँ सुपरिवेक्षण अवस्थाको कार्यान्वयनको समयमा अप्रिय भएको छ । के बैंकहरूको ‘स्ट्रेस टेस्ट’ वित्तीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने विषय उच्च कोटिको होला ? २००९ को सुरुमा गरिएको पहिलो ‘स्ट्रेस टेस्ट’लाई त्यो संकटको माध्यका रूपमा इंगित गर्न सकिन्छ । किनभने यसले नयाँ पुँजीकृत भएका ठूला बैंकहरू पहिले नै देखा परेको मन्दीको ठूलो हुरीमा पनि यथावस्थामा रहन सक्ने देखाएको छ ।

कालान्तरमा ‘स्ट्रेस टेस्ट’ बिनासंकोच दोहो¥याइएको अभ्यास भएको छ । ठूला बैंकहरूले वित्तीय पुँजीको प्रशस्त ठाउँ राखेका छन्, जसले यी बैंकहरूलाई ठूला मन्दीजन्य धक्काको समयमा पनि प्रणालीगत असफलताबाट मुक्त पार्न सक्छ । ट्रेजरी सेक्रेटरीहरू, फेडका अध्यक्षहरू, बैंकका सिइओ तथा अध्यक्षहरू सबै अमेरिकी वित्तीय प्रणाली राम्रो आकारमा रहेको विषयमा घमन्ड गर्दै थिए । समय–समयमा फेडले केही संस्थालाई उनीहरूको जोखिम व्यवस्थापन अभ्यास तथा उनीहरूको पुँजी पर्याप्तताको अवस्थालाई बलियो बनाउन चेतावनीका रूपमा वार्षिक ‘स्ट्रेस टेस्ट’ गर्न सक्थ्यो । यसले हालसम्म पनि चमकको रूपमा काम गरिरहेको छ ।

हामीले अर्को घुमाउरो मोड देखेको हुन सक्छ । किनभने स्ट्रेस टेस्ट पनि महत्वपूर्ण त्रुटिबाट गुज्रेको थियो । यो अस्वाभाविक जोखिम मूल्यांकनतर्फ मोडिएको छ । ठूलो व्यवस्थित महत्वपूर्ण बैंकहरूलाई कल्पनागत कठोर मन्दीको घटनाबाट उनीहरूको भूमिका परीक्षण गरिएको छ ।

फेडको स्टाफ ढाँचाको झूटो असरले विश्वव्यापी जीडीपीमा तीव्र गिरावट आएको छ । बेरोजगारी बढेको छ र सम्पत्ति बजार पनि ओरालो लागेको छ । मुद्रास्फीति नआएको नयाँ अवस्था मान्दा र ओरालो लागेको ब्याजदरको अवस्था मान्दा पनि धक्काहरू आएका छन् ।

अवश्य पनि यो कल्पनाको धक्का, जसलाई फेडले ‘सुपरिवेक्षणको कठोर विपरित अवस्था’ भनेको छ, यसलाई ब्याजदरको धक्काविपरीत मानेको छ । यसले नै एसभीबीलाई नराम्ररी हानेको थियो वा असर गरेको थियो । २०२३ को फेब्रुअरीको ‘स्ट्रेस टेस्ट’मा फेडले आफूले फरक खालका धक्काहरूको बारेमा बृहत् रूपमा सोच्नुपथ्र्यो भन्ने विषय लुकाएको थियो । उसले नयाँ सम्भावित खोजीको बजार धक्कालाई अनुमति दिएको थियो । त्यो हो— मन्दी । यद्यपि यो पनि उच्च अवस्थाको मुद्रास्फीति हो । तर, पछिल्लो ‘स्ट्रेस टेस्ट’ प्रतिवेदनको अन्त्यमा छोटो व्याख्यामा यसलाई दबाइएको थियो । फेडले कुनै फर्मको विशेष खोजमूलक नतिजा–२०२३ को जुनमा पनि उपलब्ध हुने उल्लेख गरेको छ । तर, साना क्षेत्रीय बैंकहरूका लागि भने यो उपलब्ध हुनेछैन । भए पनि थोरै र धेरै पछि ।

त्यसो हो भने यो विषयमा चीनको के सरोकार र चीन अमेरिका विवाद विस्तार गर्नुको के तात्पर्य ? विगत २० वर्षको अवधिमा चिनियाँ नेतृत्वको वरिष्ठ ओहदाका एक समूहभित्र अमेरिका स्थायी अवनतिको बाटोमा छ भन्ने धारणा रहँदै आएको थियो । यसले चीनलाई विश्वव्यापी रूपमा उकालो चढ्नका लागि खुला गरेको धारणा उनीहरूमाझ थियो । उनीहरूको यो धारणालाई अमेरिका निर्मित विश्वव्यापी वित्तीय संकटपछि सहयोग पनि मिल्यो । एसभीबी टाट पल्टेपछि त अमेरिकी वित्तीय प्रणालीमा संकट आएको र यसले उनीहरूको यो धारणालाई झनै सत्य साबित नै गरिदियो ।

उदीयमान चीनले थप मुस्किलैले माग गर्छ । जब पश्चिमा वित्तीय प्रणाली आफैं निर्मित असक्तताबाट प्रभावित भएको, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपतिको क्रेमलिनमा संयुक्त रूपमा प्यारा मित्र भएको भाव झल्काउने किसिमबाट उभिएको तस्बिरले त धेरै कुरा बताउँछ । चीनले स्पष्ट रूपमा शीतयुद्धको अवस्थालाई हेरिरहेको छ र युक्रेनको रक्तपातले उसको भू–रणनीति श्रेष्ठतालाई सबल पार्न सक्छ भन्ने विषयलाई सानो रूपमा मात्रै हेरेको छ ।

ओरालो लागेको अमेरिकामाथि चीनको धारणाको महत्वपूर्ण ‘फुटनोट’ छ । जब माओले यसलाई बृहत् रूपमा अप्रत्यक्ष तरिकाले के भनेका थिए भने, ‘अमेरिका कागजको बाघ हो, यसले केही गर्न सक्दैन ।’ यो तर्क पहिले वाङ हुनिङले १९९१ मा आफ्नो पुस्तक ‘अमेरिका अगेन्स्ट अमेरिका’ मा लेखेका थिए । वाङको अमेरिका बसाइको समयमा उनको पहिलो अवलोकनमा उनले पुस्तकमा अमेरिकाको समाज, राजनीति र अर्थतन्त्र खिइँदै गएको उल्लेख गरेका थिए ।

चीनको नयाँ साहसमा वाङ मुस्किलैले एकमात्र निर्दोष उभिएका मानिस हुन् । उनी सी जिनपिङभन्दा दुई तात्कालिक पूर्व अधिकारीहरू जियाङ जेमिन र हु जिन्ताओका प्रमुख विचारक सल्लाहकार थिए र उनले ‘सी जिनपिङ थट’ मा सीलाई चीनको नयाँ आदर्शात्मक प्रस्तोताका रूपमा देखाउने काम पनि गरे । एसभीबीको दुःखपूर्ण अवस्थाले वाङको उचाइ थप्न थप सहयोग गरेको छ ।

अन्त्यमा यसले चिनियाँ शब्दको उद्भवको अध्ययनमा घोत्लिनका लागि सहयोग गरेको छ । चिनियाँ भाषा (मन्डारियन) मा ‘बिजी’ को दोहोरो अर्थ हुन्छ । त्यो भनेको खतरा र अवसर दुवै । एसभीबीबाट वाङ हुनिङले अमेरिका निर्मित वित्तीय धक्काले चिन्ता बढाएको र अमेरिका–चीनबीचको शीतयुद्धलाई विस्तार गरेको संकेत गरेका छन् । उदाउँदो चीनले संकटापन्न अमेरिकामा मृत लक्ष्य लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्