प्रभु महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि यही चैत्रभित्र ५०० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जरको लागि सहमत भएका थिए । गत आषाढ ३० गते मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतीय विमांङ्कीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो भएपछि एकीकृत कारोबार केही ढिलो हुन गएको हो ।
मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास कम्पनीले दिलाएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।