Logo

एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकले आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेको हो । नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

‘नेपालका राष्ट्रिय विभूतिहरु’ भन्ने नारासहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष कुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

साथै, सो कार्यक्रमा सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाली कला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्