Logo

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुण्डाईसँग नयाँ वर्ष २०८०’ योजना

हुण्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुण्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाखसम्मको छुट पाउनेछन् । यस्तै नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजारसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

सबै हुण्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्