Logo

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा कोसी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्तालाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले सिकाईमा थप टेवा पुग्ने विस्वास व्यक्त गरे । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बिमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बिमा अभिकर्ता विजयकुमार झा उपस्थित थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । अभिकर्ताको घर दैलोमा तालिम प्रदान गर्न पाउँदा खुशी भएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पुस मसान्तसम्ममा १५६.४४ अर्ब लगानी रहेको छ भने जीवन बिमा कोष १५०.८५ अर्व रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ । यसका साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बिमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बिमालेख जारी गरिएको छ । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्