Logo

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्(हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्