Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । २०१८ देखि एसिड तथा अग्निजन्य हिंसाविरुद्ध काम गर्दै आएको अस्तित्व नेपाल एक गैर नाफामुखी संस्था हो ।

यसले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्