एनआईसी एसियाका एकैसाथ तीनवटा शाखारहित बैंकिङ सेवा

एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउने क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका–२, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मोग्लाह र मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–२, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका–२ का वडा अध्यक्ष रघुनाथ खनालले गरे भने उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का वडा अध्यक्ष खुर्सेद आलमले गरे र उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ ।
त्यस्तै अमरदह शाखारहित बैंकिङ सेवाको उद्घाटन सुनबर्षी नगरपालिका–३ का वडा अध्यक्ष टेकबहादुर विष्टले गरे र अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।