एनआईसी एशिया लघवित्तको वित्तीय साक्षरता कार्यक्रम

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नवलपरासीस्थिा उपशाखा कार्यालयले वित्तीय साक्षरता र्याली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाई गरेको थियो ।
त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखामार्फत दुई-दुई लाख भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।