बिल एन्ड मेलिन्दा गेट्सले गरे ४.८ अर्ब डलर दान «

बिल एन्ड मेलिन्दा गेट्सले गरे ४.८ अर्ब डलर दान

गत वर्ष अमेरिकाका ५० ठूला परोपकारी दान गर्नेहरूले १४.७ अर्ब डलरको दान गरेका छन् । यसमा बिल एन्ड मेलिन्दा गेट्सको दान सर्वाधिक बढी अर्थात् ४.८ अर्ब डलर रहेको नयाँ प्रतिवेदनले देखाएको छ ।
५० दाताले गत वर्ष गरेको दान अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि बढी भएको छ । २०१६ मा उनीहरूले ५.६ अर्ब डलर दान गरेकोमा २०१७ मा गएर १४.७ अर्ब डलरको दान गरेका छन् । यो २००८ देखिकै ठूलो दान हो भने हालसम्मकै तेस्रो ठूलो हो ।
बिल एन्ड मेलिन्दा गेट्सपछि बढी दान गर्नेमा फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिन्सिला चान रहेका छन् । उनीहरूले आफ्नो फाउन्डेसनका लागि २ अर्ब डलर दान गरेका छन् । तेस्रो स्थानमा मिचेल डेल रहेका छन् । उनले आफ्नी श्रीमतीका साथ आफ्नो फाउन्डेसनलाई १ अर्ब डलर दान गरेका छन् ।
“२०१७ को दानमा अझै पनि ठूलो परिमाणमा सम्पत्ति आर्जन गर्दै आएकाहरू प्रमुख परोपकारी मानिसहरू रहेका छन् । उनीहरूले आगामी वर्षहरूमा पनि ठूलो दान गर्ने सम्भावना देखिएको छ,” क्रोनिकल अफ फिलानथ्रोपीले जनाएको छ ।
गत वर्षका केही ठूला दान गर्ने मानिसहरू यो वर्षको सूचीमा परेका छैनन् । वारेन बफेटले अघिल्लो वर्ष बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनलाई २.४ अर्ब डलरको दान गरेका थिए । तर, यो वर्ष उनी यो सूचीमा परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्