मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।
यस्तै, बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमूलक बोर्डहरू हस्तान्तरण गरेको छ । साथै, बैंकले घोराही उप–महानगरपालिका–१६, तेरोटे, दाङस्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सिसिटिभी क्यामेरा जडानका लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं ९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ । यस सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ ।
बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत २ करोड रुपैयाँसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य सहज रुपमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ ।