सीता प्यालेस होटेल र होलिडेसँग नेपाल एसबीआई बैंकको सम्झौता

नेपाल एसबीआई बैंक, सीता प्यालेस होटेल र सीता प्यालेस होलिडे इन प्रालिबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडेमा कार्ड प्रयोग गर्दा छुट पाउने सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्र बैंकका मधेस प्रदेश प्रमुख लेखनाथ पोखरेल र सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीबीच आदानप्रदान भएको हो ।