नेपाल बैंकको शाखा भरतपुरको हाकिमचोकमा «

नेपाल बैंकको शाखा भरतपुरको हाकिमचोकमा

नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवनको भरतपुर महानगरपालिका–१० हाकिमचोकमा स्थापना गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरे । कार्यक्रमका प्रजिअ पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ सेवा दिने गरि नेपाल बैंक आएकाले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखेका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीले बिगतमा चितवनमा खोलिएको बैंकलाई चितवन बासीले स्मरण गरिरहेकाले सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङको अपेक्षा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्